Tue Nov 29 2022
खेलकुद

आहा ! रारा गोल्डकप पुस १२ गतेबाट

पोखरा । मोफसलकै चर्चित २२ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता पुसको दोस्रो हप्ताबाट सुरु हुने भएको छ ।

सहारा क्लब पोखराले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता आगामी पुस १२ देखि २३ सम्म आयोजना हुने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त मितिमा प्रतियोगिता आयोजना गर्न मिति दिएको आयोजकले जनाएको छ।

एन्फाले मिति उपलब्ध गराएसँगै प्रतियोगिताको तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताए।

पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ १२ टिमले भाग लिने छन् ।

प्रतियोगिको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ । पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

अफिसियल बैंक लुम्बिनी विकास बैंक, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद÷प्रदेश खेलकुद परिषद गण्डकी रअखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷ सहारा यु.के.÷सहारा क्लब हङ्गकङ्ग÷सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्टे«लियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ ।

गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब हो । गत वर्ष २० औं आहारारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको हो ।