Fri Dec 9 2022
खेलकुद

भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन

एजेन्सी । दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ओल्ड ट्रफोर्डमा ४–२ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।

भिल्लाले ओली वाटकिन्स र डिओगो डालोटको आत्मघाती गोलको मद्दतले खेलमा दुई पटक अग्रता लिएको थियो । तर रोमाञ्चक बनेको दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । युनाइटेडलाई जीत दिलाउन एन्टोनी मार्सियाल, मार्कस रासफोर्ड, ब्रुनो फर्नान्डेज र स्कट म्याकटोमिनीले १–१ गोल गरे ।

१८ वर्षीय युवा खेलाडी अलेजान्ड्रो गारानचोले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा गोलको अवसर सिर्जना गरेका थिए । अब युनाइटेडले बर्नलीको सामना गर्नेछ ।