Thu Dec 1 2022
अन्तर्राष्ट्रिय

सीताले दोस्रो संस्करणको फेयर ब्रेक खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी सीता राना मगरले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने भएकी छन् ।

सीतालाई उनको टिम टोर्नाडो वुमेन्सले रिटेन गरेको हो । टोर्नाडोसले गत वर्ष दुबईमा भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस उपाधि जितेको थियो ।

उक्त प्रतियोगितामा सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाएकी थिइन् । प्रतियोगितामा सीताले गरेको ‘पुष्पा’ सेलेब्रेसनले निकै चर्चा पाएको थियो । दोस्रो संस्करणको प्रतियोगिता २०२३ अप्रिल ३ देखि सुरु हुँदैछ ।