Mon Nov 28 2022
मुख्य खबर

‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ’ – डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक(वाम गठबन्धन काठमाडौँ क्षेत्र नं -१ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए।

‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु’, उनले भने।

पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताए । गठबन्धनलाई बलियो बनाएमात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उनको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक(वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रदेशसभा ९१०मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा ९२०मा सुरजचन्द्र लामिछाने उम्मेदवार बनेका छन् ।