Mon Nov 28 2022
मुख्य खबर

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्छ : देवप्रसाद गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए ।

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शंका नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ’, उनले भने।

खानेपानी, सडक, यातायात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताएका छन् । लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।