Tue Nov 29 2022
मुख्य खबर

सत्तारुढ दल ‘नवसामन्तवाद’का प्रेतात्मा : प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिनुभएको छ ।

आज काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष लोहनीले सत्तारुढ दलहरुलाई नवसामन्तवादको प्रेतात्माको संज्ञा दिनुभएको हो ।

उहाँले सत्तारुढ पार्टीहरुले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको बताउनु भयो । उहाँले देशको स्थिति लथालिंग भएकाले सो स्थितिलाई बदल्न परिवर्तन आवश्यक रहेको बताउनु भयो ।

डा. लोहनीले जनताले सत्तारुढ दलहरुलाई गरेको विश्वासको दुरुपयोग भएको बताउनु भयो । उहाँले सत्ता र शक्तिको दुरुपयोग नगर्न खबरदारी गर्दा आफूहरुलाई पश्चगामीको ट्याग लगाइएको बताउनु भयो ।

उहाँले संविधानको उल्लंघन गर्नु र भ्रष्टाचार गर्नु अग्रगमन हो ? भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले राज्यको हरेक निकायमा भागबन्डा गरेर नियुक्ति दिने र भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको बताउनु भयो ।

उहाँले देशमा राष्ट्रवादी र देशभक्त शक्ति आवश्यक रहेको उल्लेख गर्दै त्यो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र भएको बताउनु भयो । आफूहरुलाई जनताले संसदमा पु-याएमा जनताको विश्वासमाथि घात नगर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।