Mon Nov 28 2022
मुख्य खबर

निर्वाचनको सुरक्षाका एक लाख पन्ध्र हजार म्यादी प्रहरी खटीए

 मेनुका लम्साल- प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनको सुरक्षाका एक लाख पन्ध्र हजार म्यादी प्रहरी खटीएका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जनशक्तीकोे आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गरिएको हो ।

 निर्वाचन सुरक्षाका लागी सुरक्षाकर्मीको आवश्यकता अनुसार सरकारले म्यादी प्रहरी परिचालन गरेको हो । काठमाडौं उपत्यकाभित्र मात्रै अहिले नै ५ हजार चार सय ७३ जना म्यादी प्रहरी सडकमा परिचालन गरिएको छ ।

म्यादीलाई १० दिनसम्म तालिम दिएर र प्रहरीको सुरक्षा सहयोगीका रूपमा खटाउने गरिन्छ । चुनावसुरु हुनु भन्दा एक महिना अघिबाट चुनावको व्यवस्थापन नहुञ्जेलसम्म म्यादीलाई खटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीका लागि सरकारले पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले तलब, रासन, पोसाकलगायत सबै भत्तासहित जोडेर करीब ५० हजार रुपैयाँ तलब पाउनेछन् ।

उनीहरुका लागि प्रतिदिन ८६९ रुपैयाका दरले पारिश्रमिक व्यवस्था गरिएको छ । उनीहरुले खाद्यन्न वापत सात हजार दुई सय रुपैयाँ, पोसाकका लागि ६ हजार रुपैयाँ, यात्राका लागी १ हजार रुपैया पाउने छन् । त्यस्तै खाजा खर्च ३ सयको दरले ४० दिनको लागी उपलब्ध गराइने छ । म्यादी प्रहरीले पनि अन्य जवान सरहको सुविधा पाउनेछन् ।

आउदो प्रतिनीधि तथा प्रदेश निर्वाचनमा ५ लाख बढी नयाँ मतदाता थपिएको अवस्थामा म्यादी प्रहरीको संख्या पनि बढाइएको छ ।