Wed Dec 7 2022
देश

एमाले अध्यक्ष ओलीले आज कर्णालीमा सम्बोधन गर्दै

काठमाडौं, मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई जिताउन आह्वान गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज कर्णाली प्रदेश जाने भएका छन्। ओली कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न जान लागेका हुन्।

अध्यक्ष ओलीले कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

उनले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए। चुनावीसभामा ओलीले नेपालमा एउटा सुदृढ राष्ट्रिय शक्ति आवश्यक भएको बताएका थिए।