Wed Nov 30 2022
अन्तर्राष्ट्रिय

ट्विटरको ब्लु टिकका लागि ८ डलर तिर्नुपर्ने निर्णयमा रोक

काठमाडौं, ट्विटरको ब्लु टिकको लागि ८ डलर तिर्नुपर्ने निर्णयमा तत्कालका लागि रोक लगाइएको छ। एलन मस्कले ट्विटर खरिद गरेपछि अकाउन्ट भेरिफिकेसन ९ब्लु टिक०का लागि ८ डलर तिर्नुपर्ने नयाँ नियम ल्याएका थिए।

८ डलर तिरेपछि ब्लु टिक लिन पाइने नियम लागू भएपछि कैयौं फेक अकान्ट बनेको र तिनीहरुले ब्लु टिक पनि मिलेको थियो। ब्लु टिक पाएपछि फेक अकाउन्ट पनि कम्पनी तथा सेवा प्रदायकको वास्तविक अकाउन्ट जस्ते देखिन थालेका थिए।

यस्तै एक प्रकरणमा एली लिलि नामक कम्पनीको एक फर्जी अकाउन्ट बनाइएको थियो। ब्लुक टिक पाएको उक्त अकाउन्टबाट लेखिएको थियो ‘इन्सुलिन फ्री’।