Mon Nov 28 2022
आर्थिक

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६० पैसा र बिक्री दर १३१ रूपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ६८ पैसा र बिक्री दर १४९ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।