Wed Nov 30 2022
अन्तर्राष्ट्रिय

इङ्ल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । पाकिस्तानले सन् २००९ मा विश्वकप जितेको थियो ।

यता इङ्ल्यान्डको लक्ष्य पनि दोस्रो उपाधि हुनेछ । इङ्ल्यान्डले सन् २०१० को विश्वकप जितेको थियो । पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै फाइनल पुगेको थियो भने इङ्ल्यान्ड भारतलाई हराउँदै फाइनल पुगेको थियो ।