Tue Nov 29 2022
देश

निर्वाचन अबधिभर मदिरा विक्रि, वितरण र सेवनमा रोक

शंखर पहाडी

सर्लाही । कार्तिकस् जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज २७ गतेदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले २७ गते आईतबार एक सूचना जारी गर्दै आईतवार देखि लागू हुनेगरी जिल्लाभर मदिरा बिक्री वितरण,सेवन तथा ओसारपसारमा रोक लगाउनु भएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ,निष्पक्ष,सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका,२०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलियरसर्वपक्षिय,समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार २७ गते आईतबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुदासम्म जिल्लाभर मादक पदार्थ ओसारपसार,विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

कोहि कसैले सूचनाको बर्खिलाप हुने गरी निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।