Wed Nov 30 2022
मुख्य खबर

स्थानीयको समस्या समाधानका लागि लड्नेछुः कुन्ती पोखरेल

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताउनुभएको छ ।
आज काठमाडौं क्षेत्र नं. २ अन्र्तगत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताउनुभएको हो । उहाँले आफू धेरैभन्दा धेरै मतदाताको घरमा पुग्ने प्रयास गरिरहेको बताउनु भयो ।