Mon Nov 28 2022
मुख्य खबर

मतदाता शिक्षा कार्यक्रममा कठिनाइ भएको गुनासो

 

मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुर्ले काम गर्न कठिन भईरहेको गुनासो गरेका छन् ।
आज काठमाडौंको नक्सालमा घरदैलो गरिरहेका उनीहरुले परिचय पत्र नभएको कारर्ण मतदाता शिक्षा दिने काममा कठिनाई भईरहेको गुनासो गरेकाहुन् । उनिहरुले तत्काल परिचय पत्र उपलब्ध गराई मतदाता शिक्षा कार्यक्रमलाई सहज बनाउन निर्वाचन आयोगसँग माग समेत गरेका छन । परिचय पत्र नभएकाले मतदाताहरुले घरको गेटसमेत नखोल्ने गरेको उनिहरुले बताएका छन्

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सबै वडाहरुमा संचालन गर्ने जिम्मेवारी दिएको छ । वडा सचिवको नेतृत्वमा मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरु घरघरमा पुगिरहेका छन् ।

गत कात्तिक १८ गतेबाट देशैभर सुरु भएको मतदाता शिक्षा कार्यक्रम मंसीर १ गतेसम्म चल्ने छ ।