Fri Dec 9 2022
मुख्य खबर

निर्वाचनको तयारी अन्तिम चरणमा

अमृत ढकाल-
आगामी मङ्सिरमा हुने संसदीय निर्वाचनका लागि निर्वाचन आयोगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगले आचारसंहितालाई कडाइ गरेको छ भने अधिकांश जिल्लामा निर्वाचन सामग्री पुगीसकेको बताएको छ ।

आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष ढङ्गले सम्पन्न गर्ने गरी तयारी अघि बढाएको दाबी गरेको छ ।  आगामी मङ्सिर चार गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले निर्वाचन सम्बन्धी सबै कामलाई अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचन तयारीका साथै निर्वाचनमा चाहिने सबै सामाग्री पनि जिल्लाहरूमा पुगिसकेको आयोगले जनाएको छ ।

केही ठाउँमा आचारसंहिताका घटना बारम्बार दोहोरिएको आयोगको ठहरु छ । आयोगले आचारसंहिता पूर्णरुपमा पालना गर्न उम्मेदवारलाई बारम्बार घच्घचाइ रहेको छ । सुझाव दिएको छ । आयोगको निर्णय कार्यान्वयन नगरे त्यहाँ आयोग कठोर हुन सक्ने उसको चेतावनी दिएको छ ।

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचान गर्न आयोगले कुनै कसुर बाकिँ नराख्ने दाबी गरेको छ । विगतका निर्वाचनमा सुरक्षा चुनौती बढ्दा केही ठाउँमा निर्वाचन रद्द गर्नु परेका सम्मका घटनाप्रति आयोग गम्भिर छ । विगतमा देखिएका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आयोगले एकै दिन निर्वाचन सकाउने लक्ष लिएको छ ।

निर्वाचनको दिन कस्ता सवारी साधन प्रयोगमा आउने भन्ने विषय आम मानिसको चासोको विषय बनेको छ । यसका लागि निर्वाचन आयोगले मङ्सिर चार गतेका लागि अत्यावश्यक बाहेकका सवारी साधनलाई रोक लगाउने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाको कमी हुँदा धेरै मत बदर भएको जानकारहरूको बुझाई छ । यसै कुरालाई मध्यनजर गर्दे आयोगले आगामी निर्वाचनमा स्थानीय तहसङको समन्वयनमा मतदाता शिक्षालाई प्रभावकारी बनाएको जनाएको छ ।
आयोगले समय र आवश्यकताका अधारमा थप निर्णय र कार्यतालिका प्रस्तुत गर्न सक्ने जनाएको छ ।