Wed Dec 7 2022
देश

उम्मेदवारको पक्ष-विपक्षमा उभिने प्रशासनमाथि कारबाही गर्ने चेतावनी

काठमाडौं, निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउका हुन् ।

उनले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष-विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संचाकर्मीसँग कुरा गर्दै कुनैपनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष-विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे ।

यस्तै निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निर्णय गरेको हो । मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउने सोही समितिको बैठकले निर्णय गरेको हो ।