Wed Dec 7 2022
अन्तर्राष्ट्रिय

युनाइटेडले धोका दियो: रोनाल्डो

काठमाडौँ, पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफू इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले धोका दिएको बताएका छन् । आफूलाई क्लबबाट बाहिर राख्न खोजेको समेत आरोप लगाएको बीबीसीले जनाएको छ ।

युनाइटेडबाट ट्रान्सफर हुन नसकेपछि रोनाल्डोले गत अगस्टमा आफूले क्लबका लागि राम्रो प्रदर्शन गर्ने वाचा गरेका थिए । तर उनले अहिले भने मौनतालाई तोडेका छन् ।

उनले युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हाग मात्र नभएर अन्य दुई(तीन जनाले आफूलाई क्लबबाट बाहिर राख्न खोजेको आरोप लगाए ।