Thu Dec 1 2022
मुख्य खबर

घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने ईश्वर पोखरेलको वाचा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने वाचा गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा सोमबार चुनावी घरदैलो कार्यक्रमका क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मतदातासँग भोटमाग्दै एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बाचा गर्नूभएको हो ।

०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको उहाँको दाबी छ ।
काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहनुभएको छ ।