Wed Dec 7 2022
देश

चुनावको विरोधमा माइकिङ गर्ने सात जना पक्राउ

जनकपुरधाम । मंसिर ४ गते हुने संसदीय निर्वाचनको विरोधमा माइकिङ गर्ने सात जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । बलवा ७ बनौटा टोलमा निर्वाचन विरुद्ध गतिविधिमा संलग्न सात जनालाई नियन्त्रण लिएको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरू मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता छन् । वैद्य माओवादीका केन्द्रीय सदस्य वीरेन्द्र यादवसहित ६ जना र ज १ च ११७१ नम्बरको टाटा सुमो पनि प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । गाडीबाट निर्वाचन विरोधी प्रचार सामग्री पनि बरामद गरिएको छ ।