Wed Nov 30 2022
अन्तर्राष्ट्रिय

सिरियामा नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरूको टोली अदली बदली गरिएको छ । कार्तिक २८ मा सिरियामा तैनाथ शान्ति सैनिकलाई बदली गर्न प्रमुख सेनानी रोशन थापाको कमाण्डमा १८३ जना सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल एयरलाइन्सको एयरबस ए–३३० मार्फत सैनिक टोली मिशन ईलाकातर्फ गएका सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

सिरियामा फोर्स हेडक्वार्टर सपोर्ट युनिट १० औं डफ्फा सहितका विभिन्न युनिट परिचालित थिए । ति युनिटलाई ११ औं डफ्फासहितका युनिटहरुले बदली गरेका छन् । प्रमुख सेनानी मदन थापा नेतृत्वको दशौं डफ्फाको टोली मंगलबार स्वदेश फर्किँदै छन् ।