Mon Nov 28 2022
समाचार

बसले ठक्कर दिँदा श्रीमान् – श्रीमतीको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।

अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मैनाली दम्पती सवार मे ७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।