Sun Nov 27 2022
आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ४६ पैसा र बिक्री दर १३० रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १३४ रूपैयाँ ७० पैसा र बिक्री दर १३५ रूपैयाँ ३३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रूपैयाँ १९ पैसा र बिक्री दर १५३ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४१ पैसा र बिक्री दर ३५ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।