Sun Nov 27 2022
मुख्य खबर

मतपत्रको गोपनियता भंग गरे मतपत्र गणना हुँदैनः प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज यस्तो आह्वान गर्नुभएको हो । उहाँले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरीसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अप्ठ्यारो पर्नसक्ने खतरा रहेको बताउनु भयो ।