Wed Dec 7 2022
मुख्य खबर

जनताको मूलभूत समस्या समाधान गर्ने विनोद चौधरीको प्रतिबद्धता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नं १ का उम्मेदवार विनोद चौधरीले जनताको मूलभूत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा मंगलबार आयोजित लोकतान्त्रिक-वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको समस्या व्यापक रहेको र त्यसलाई आफूले समाधान गर्ने बताए ।

‘नवलपरासीका विभिन्न क्षेत्रमा पुगे, समस्या हेर्दा अत्यन्त दुःख लाग्छ’, चौधरीले भने, ‘यहाँका समस्या हेर्दा केही समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, रोजगार, किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको छ ।’