Mon Nov 28 2022
मुख्य खबर

यो चुनाव संविधान रक्षा गर्ने र देश पछि फकार्उन चाहने बीचको जनमत संग्रह हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न निर्वाचन सामान्य निर्वाचन नभएर एकप्रकारको जनमत संग्रह नै भएको टिप्पणी गर्नुभएको छ ।
आज मोरङको क्षेत्र नम्बर ६मा आयोजित चुनावी सभालाई सम्बोधनगर्दै दाहालले मंसिर ४ गतेको निर्वाचन एक किसिमले जनमत संग्रह नै भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले आउँदो निर्वाचनलाई जनताले बनाएको संविधानको रक्षा गर्ने गठबन्धन र नेपाललाईपछि फकार्उन चाहनेहरुको गठबन्धन वीचको जनमत संग्रह भएको उल्लेख गर्नुभयो ।

दाहालले मत हाल्दा निकै सोच विचार गरे मात्रै हाल्न आग्रहगदैै यो जनमत संग्रहमा अग्रगमनको पक्षमा मत दिन आग्रह गर्नुभयो ।

उहाँले मोरङको क्षेत्र नम्बर ६मा प्रतिनिधि सभामा नेपाली काँग्रेस शेखर कोईरालाका लागि भोट माग्नु भएको छ । १२ बुँदे शान्ति सम्झौतामा शेखर कोईरालाको पनि महत्वपूर्ण योगदान रहेको दाहालको भनाइ छ ।