Wed Dec 7 2022
मुख्य खबर

व्यापारी भन्छन् – चिनियाँ नाका सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्

जाडो बढेपनि बजारमा न्यानो कपडाहरुको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् ।
काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीहरुले गत वर्षको तुलनामा यो वर्ष जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् ।

उनीहरुले विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि यो वर्ष सुनसान रहेको बताए ।

उनीहरुले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरु मर्कामा परेको गुनासो गरे ।

व्यापारीहरुले ग्राहकहरुले खोजे जस्तो न्यानो कपडा आयात गर्नका लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन् ।

उनीहरुले सामानहरुको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ ।