Mon Nov 28 2022
मुख्य खबर

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ९१ पिसिआर परीक्षणका क्रममा ८ जना र ६ सय २९ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।