Mon Nov 28 2022
मुख्य खबर

पुलमा राजनीतिः चुनावी एजेण्डामै सीमित हर्दौना पुल

रमेश मिश्रा,कपिलबस्तु-
कपिलवस्तुको बाणगंगा नदीअन्तर्गत महाराजगन्ज नगरपालिका १० को हर्दौनामा पुल बनाउने विषय वर्षौँदेखि चुनावी एजेण्डामै सीमितहुँदैआएको छ ।

नदीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रागर्न स्थानीयहरू बाध्य छन् । नदी कटानका कारण खेती योग्यजमिन बगरमा परिणत भएको छ ।

हरेक पटक चुनावमा उम्मेदवारले हर्दाैना र यशोधरा गाउँपालिका –८ स्थित ईटवा सुल्तनवापुर जोडने पुल बनाउने आश्वासन दिँदै आएका छन् । तर अहिलेसम्म त्यहाँ पुलबन्न सकेको छैन ।

पञ्चायतकाल, बहुदल र सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पनि अहिलेसम्म चुनावी आश्वासन बन्ने गरेको हर्दौनामा पुलबन्न सकेको छैन ।

चुनावको बेला राजनीतक दलका उम्मेदवारका लागि पुल बनाउने , नदी चिरान गर्ने पिल्लर खडा गर्ने आश्वासन नै प्रमुख हुने गरेको छ । तर चुनावजितेका कसैले पनि आश्वासन पुरा गर्न सकेका छैनन् ।  निर्वाचन आउछ, जति नेता आउछन् आश्वासनदिएर जान्छन् तर पुलबन्ने कुनै छाटकाट छैन ।

कपिलबस्तु क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले र पाँचौँ पटक निवौचित हुने तरखरमा रहेका एमाले उम्मेदवार बृजेशकुमार गुप्ताले दुबैले यसपटक पनि पुलनिर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।