Mon Nov 28 2022
मुख्य खबर

धादिङका किसानलाई छोएन चुनावले, आफ्नै काममा व्यस्त

शितल सापकोटा, धादिङ-
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन संघारमै आइसक्दा पनि घादिङका किसानहरुका कुनै उत्साह देखिदैन । दलका नेता तथा कार्यकर्ताहरुलाई गाउँठाउ पुगेर मतमाग्न व्यस्त छन् । तर मतदाता भने यति बेला बेफुर्सदीलो देखिएका छन् । कार्तिक र मंसिर महिना धान काट्ने र धान भित्राउने हतारोले गर्दा उनिहरुलाई उम्मेद्वारहरुको कुरा सुन्ने फुर्सद समेत छैन ।

अघिल्ला निर्वाचनमा पाएका आश्वासन पुरा नहुँदा निर्वाचनप्रति किसानको उत्साह घटेको हो । खेतिपातिको मौसममा मल र बिउ नपाउदा भोगेको दुःख उनीहरुले अझै बिर्सेका छैनन ।

समस्या समाधान हुने आशमा किसानले पटक पटकको निर्वाचनमा भित्र्याउने बेलाको खेती छोडेर उम्मेदवारसँगै घरदैलोमा पनि हिँडे । तर, जुन नेताकोपछि लागेपनि किसानको समस्या जस्ताको तेस्तै छ ।

निर्वाचन नयाँ भएपनि पार्टी र उम्मेदवार पुरानै छन् । दलका नेताहरुको पुरानै तरिका, पुरानै शैली र पुरानै रबैयाप्रति किसान निकै दुखित छन्

नेता कार्यकर्ता र उम्मेदवारहरुले भने किसानको खेतबारीमै पुगेर पनि आफ्नो पक्षमा मतको अपिल गरिरहेका छन् । दलका उम्मेदवारहरुले यसअघिका निर्वाचनमा पाएको मत र आफ्ना भनिएकाहरुबाटै धोका पाउने संकेत किसानका कुराबाट बुझ्न जरुरी छ ।