Wed Nov 30 2022
मुख्य खबर

धनुषामा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

प्रमोदकुमार यादव, धनुषा –

निर्वाचनको मिति नजिकिदै जादा धनुषाको राजनीतिक माहोल रोचक बनेको छ । उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुको गतिविधि मात्र बढेको छैन, उनिहरुले आफुले जित्ने दावी समेत गर्ने गरेका छन ।

चार संघीय र आठ प्रदेश निर्वाचन क्षेत्र रहेको धनुषामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु मत माग्न व्यस्त भएका छन । उम्मेदवारहरुले आफुले जित्ने दावी गरिरहदा मतदाता भने पर्ख र हेरको अवस्थामा रहेका छन ।

धनुषा क्षेत्र नं ४ क मा मुलधारका सवैजसो दलहरुले उम्मेदवारी दिएका छन । सवैजसो उम्मेदवारहरुले आफुलेनै जित्ने दावी गरेपनि मुख्यतया कांग्रेस नेतृत्वको गठबन्धन र एमालेबीच नै यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने धेरैको आकलन छ ।

यो क्षेत्रमा यसभन्दा पहिले जनता समाजवादी पार्टीबाट राजनीति गर्दै आएका शेषनारायण यादव नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन । यस्तै नेकपा एमालेबाट सन्तोष यादव चुनावी मैदानमा छन ।

यसअघि नेपाली कांग्रेसको धनुषा उपसभापति रहेका यादव यसपटक एमालेबाट उम्मेदवार बनेका हुन । उनको पनि आफुले चुनाव जित्ने दावी छ ।

यस्तै यो क्षेत्रबाट जनता समाजवादी पार्टीबाट ज्ञानेन्द्रकुमार यादव उम्मेदवार बनेका छन । यसअघिका मधेस प्रदेशका मन्त्री समेत रहेका यादवले पनि आफुलेनै चुनाव जित्ने दावी गरेका छन ।

निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरुको व्यस्तता मात्र बढेको छैन । आम मतदातामा समेत उत्साह देखिएको छ । उम्मेदवारहरुले आफुले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा आफुले नै जित्ने दावी गरिरहेपनि मतदाताले कसलाई मत दिन्छन त्यसका लागि भने मतदान पछिको समय कुर्नुपर्नेछ ।