Fri Dec 9 2022
आर्थिक

राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुख : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ ।
उहाँले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गर्नुभएको हो । उहाँले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत उल्लेख गर्र्नुभयो ।

उहाँले लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको बताउनु भयो ।

गभर्नर अधिकारीले तरलता अभावका कारणले कुनैपनि बैंकलाई अफ्ठ्यारोमा पार्ने स्थिति आउन नदिने दाबी गर्नुभयो ।