Thu Dec 1 2022
खेलकुद

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो

काठमाडौँ । फिफा विश्व कप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली यूएई ५–० गोलको फराकिलो अन्तरले पराजित भयो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे ।

जुलियन अल्भारेज, लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एकरएक गोल गरे ।

अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थप्यो । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।