Wed Nov 30 2022
खेलकुद

जर्मनीले ओमानलाई हरायो

काठमाडौँ । मैत्रीपूर्ण खेलमा जर्मनीले जित निकालेको छ । फिफा विश्वकप अघि बुधबार राति भएको खेलमा जर्मनीले ओमानलाई १–० गोल अन्तरले हराएको हो ।

जर्मनीको जितमा निकलस फुल्क्रुगले निर्णायक गोल गरे । उनले खेलको ८० औँ मिनेटमा गोल गरे । नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ ।

जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ । यस समूहमा स्पेन, जापान र कोस्टारिका छन् ।