Wed Dec 7 2022
अन्तर्राष्ट्रिय

इरानको व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु

इरानको दक्षिण पश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

दुई मोटरसाइकलमा सवार सशस्त्र र आतंककारी तत्वहरू इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।

अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।

नैतिकतासम्बन्धि प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्युपछि इरानमा भड्किएको हिंसामा दर्जनौँको मृत्यु भएको छ । उक्त आक्रमणको तत्काल जिम्मेवारी लिएको छैन ।