Wed Nov 30 2022
अन्तर्राष्ट्रिय

यू-१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।