Mon Nov 28 2022
मुख्य खबर

विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछः बालकृष्ण खाँण

गृहमन्त्री बालकृष्ण खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।
गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गरिएको बताउनुभएको हो ।

उहाँले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताउनु भयो ।

गृहमन्त्री खाँणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनैपनि राजनीतिक दल र उम्मेदवारहरुलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताउनु भयो ।