Thu Dec 1 2022
मुख्य खबर

कांग्रेसको सरकार पटक–पटक सत्तामा आउँदा कुनै काम नगरेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका उम्मेदवारहरुले निर्वाचन आचार संहिताको उल्लघंन गरिरहेको आरोप लगाउनु भएको छ ।
गृह जिल्ला झापामा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका उम्मेद्वारहरुले भुमी आयोगका कर्मचारी र प्रहरीलाई प्रयोग गरी भोट मागिरहेको बताउँदै निर्वाचन आचारसंहिता उल्लंघन भएको बताउनु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको समेत उपस्थिती रहेको कार्यक्रममा ओलीले कांग्रेसको सरकार पटक–पटक सत्तामा आउँदा कुनै काम नगरेको र गठबन्धनसँग कुनै एजेण्डा नभएको भन्दै एमालेको बहुमत आवश्यक रहेको बताउनु भयो । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेद्वार ओलीले यस पटकको निर्वाचनमा १ सय ५० भन्दा बढी सिट एमालेले ल्याउने ठोकुवा समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन गरेर देश बर्बाद बनाउन पल्केकाहरुलाई पराजित गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले र राप्रपाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।