Sat Dec 10 2022
मुख्य खबर

आफूले चुनाव जित्ने ओनसरी घर्तीको दावी

पूर्वसभामुख एवम् सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार ओनसरी घर्तीले आफूले चुनाव जित्ने दावी गर्नु भएको छ ।
केपी ओली संविधानको भक्षक भएको र त्यसको रक्षाका लागि लडेको सत्तारुढ गठबन्धनको उम्मेदवार भएकाले आफूले चुनाव जित्ने उहाँको जिकीर थियो ।

लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं क्षेत्र २ द्वारा आज काठमाडौंमा आयोजित चुनावी सभामा घर्तीले आफ्नो जीतलाई असत्य विरुद्ध सत्यको जीतको रुपमा चित्रण गर्न खोज्नु भयो ।

घर्तीले आफू निर्वाचित भए महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुने गरी कानुन निर्माण गर्ने आश्वासन दिनु भयो । जनताको जीवनस्तरमा सुधार गर्ने, दिगो विकास, समावेशीसहितको समृद्धिको एजेण्डालाई पूरा गर्ने उहाँले बताउनु भयो ।