Thu Dec 1 2022
मुख्य खबर

ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै माधव नेपालको आक्रोश

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाउनु भएको छ ।

लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं–२ द्वारा आज काठमाडौंमा आयोजित चुनावी सभामा अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

उहाँले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भयो । २०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्विकार गरेर झूट प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाई छ ।

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गर्नु भयो ।