Wed Nov 30 2022
मुख्य खबर

प्रतिनिधि सभाको निर्वाचन सहजै जित्छुः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको छ ।

गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको हो ।

आज ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धीमा घरदैलोपछि उहाँले विगतमा आफूले शुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताउनु भयो ।

उहाँले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीन वटा नै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताउनु भयो । उहाँले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्ने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री भुसालले ललितपुर क्षेत्र नं. ३ लाई नमूना क्षेत्रको रुपमा अगाडी बढाउने बताउनु भयो ।

उहाँले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहोल बनेको बताउनु भयो । आफूले दुई कार्यकाल गरेका कामहरु हेरेर जनताले मतदान गर्ने उहाँको भनाइ छ । मतदाताहरु पनि आफूप्रति सकारात्मक भएको उहाँले बताउनु भयो ।