Mon Nov 28 2022
आर्थिक

तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डौ, सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे छ ।