Wed Nov 30 2022
अन्तर्राष्ट्रिय

युक्रेनको भौतिक संरचनामा आक्रमण गर्दा ७ जनाको मृत्यु

काठमाडौं, रुसले युक्रेनी भौतिक पूर्वधारहरुमा फेरी भीषण हवाई हमला गरेको छ । हवाई हमलाका कारण युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक रुपमा क्षति पुगेको हो ।

युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ७ जना मानिसको मृत्यु भएको छ । दर्जन बढी मानिस घाइते भएका छन् । रुस युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला रुसले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर आक्रमणलाई तीव्रता दिएको हो ।

पूर्वी क्षेत्रमा रहेको ग्यास उत्पादक कारखाना र डेनिप्रोमा रहेको क्षेप्यास्त्र उत्पादन गर्ने सैन्य कारखाना पनि ध्वस्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जानकारी दिनुभएको छ ।

रुसको ताजा आक्रमणका कारण १ करोड युक्रेनी जनता अन्धकारमा बस्न बाध्य भएको पनि उहाँले बताउनु भएको छ ।