Thu Dec 1 2022
अन्तर्राष्ट्रिय

अमेरिकी सभामुख न्यान्सीद्वारा राजीनामा घोषणा

काठमाडौं, अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा विपक्षी रिपब्लिकन पार्टीले बहुमत ल्याएसँगै सभामुख न्यान्सी पेलोसीले राजीनामा घोषणा गरेकी छन् ।

उनले आफूलाई दिइएको अहिलेसम्मको जिम्मेवारीका लागि कृतज्ञता व्यक्त गर्दै ८२ वर्षीया पेलोसीले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताएकी छन् । सन् १९८७ देखि उहाँले सान्फ्रासिस्कोबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएकी छन् ।

अमेरिकी इतिहासमा पहिलो महिला सभामुख बन्नुभएकी पेलोसीले संसदमा अल्पमतको नेताका लागि प्रयास भने नगर्ने बताएकी छन् ।