Wed Dec 7 2022
खेलकुद

नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गर्ने पक्राउ

नेपाल र युएई बीचको एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुर खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले बताए ।

पक्राउ पर्नेहरू अधिकांश भारतिय मुलका छन् । उनीहरुमध्ये धेरैजना बेटिङ गराउनकै लागि भारतबाट आएको आशंका गरिएको छ । मैदान आसपासमा बसेर उनीहरूले विगत ३ दिनदेखि शंकास्पद गतिविधि गरिरहेको ब्यूरोले जनाएको छ ।

शुक्रवार नेपाल र युएई बीचको सिरिज अन्तर्गत अन्तिम खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा चलिरहेको छ ।