Fri Dec 9 2022
मुख्य खबर

उपत्यकाबाट बाहिरिदै मतदाता

मेनुका लम्साल-
निर्वाचनको मिति नजिकिदै जादा काठमाडौ उपत्यकाबाट मतदानका लागि गृहजिल्ला जानेहरुको भीड बढेको छ । काठमाडौबाट वाहिरीने नाकाहरुमा मतदानका लागि थातथलो जाने सवारीसाधनको लाम लागेको छ ।

गृहजिल्ला फर्कन लामो समय लाग्ने ठाउँहरुका स्थानीय मात्र होइन, मतदानको दिन सार्वजनिक सवारी साधन नचल्ने भएपछि काठमाडौका छिमेकी जिल्लाका स्थानीयहरु समेत मतदानका लागि फर्कदा काठमाडौका सडकमा अन्य समयको तुलनामा सवारी चापमा समेत कमी आएको छ ।

काठमाडौ स्थित गोंगबु बसपार्कको, निर्वाचनको मिति नजिकिदै जादा मतदानका लागि काठमाडौलाई कर्मथलो बनाएकाहरु आफ्नो थातथलो फर्कन थालेपछि अन्य दिनको तुलतामा भीड बढेको छ । त्यसो त गोंगबु मात्र होइन, काठमाडौबाट सार्वजनिक सवारी साधन संचालन हुने कोटेश्वर, गौशाला लगाएतका स्थानमा अहिले यस्तै भीड देख्न सकिन्छ ।

मतदानका लागि जिल्ला फर्कन लागेकाहरुले आफ्ना प्रतिनिधिहरु छान्न प्रकृयामा सहभागी हुन जिल्ला फर्कदै गर्दा खुसी लागेको प्रतिक्रिया दिएका छन ।

ट्राफिक प्रहरीको तथ्याङक अनुसार वुधवारदेखि शुक्रवारसम्म मात्र उपत्यकाबाट १ लाख १३ हजारभन्दा वढिले उपत्यका छोडेका छन । मतदानका लागि लाखौ मानिसले उपत्यका छोड्दा काठमाडौ उपत्यकामा अन्य समयको तुलनामा सवारी चापमा समेत कमी आएको छ ।

काठमाडौ उपत्यकाबाट मात्र होइन, देशका अन्य विभिन्न शहरहरुबाट मतदाता नामावली रहेको क्षेत्रमा पुग्नेहरुको भीड अन्य जिल्लाहरुमा पनि उस्तै रहेको छ । पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि आफैले छान्ने भएपनि उत्साहि भएर थातथलो पुग्दैछन । यो क्रम शनिवारसम्म पनि चल्ने भएकोले यो संख्या अझै बढ्ने ट्राफिक प्रहरीको अनुमान छ ।