Mon Nov 28 2022
मुख्य खबर

महानगरको ध्यान अवैध होडिङबोर्ड तर्फ, ३० वर्ग फिटभन्दा ठूलो राख्न नपाईने

अविशेक सुनार-
काठमाडौं महानगरपालिकाले व्यवसायिक पहिचानका लागि राखिएका अनाधिकृत होडिङ बोर्ड हटाउने अभियान थालेको छ । महानगरसँग स्विकृत नलिएर मापदण्ड विपरित राखिएका ५ सय भन्दा बढी होडिङ बोर्ड महानगरको प्रहरी टोलीले हटाईसकेको छ ।

अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका होडिङ बोर्ड हटाउन शुरु गरेको छ । महानगरपालिकाले ३० वर्गफिट सम्मको व्यवसायिक होडिङ बोर्ड राख्न अनुमति दिने गरेको छ । तर, व्यवसायीले भने अनुमति पाएको भन्दा ठुलो होडिङबोर्ड राखेको पाइएकोले अभियान थालिएको महानगरको भनाई छ ।

महानगरले दैनिक एक टोलीमा १५ जना रहने गरी चार वटा टोली बनाएर ४ क्षेत्रबाट होडिङ बोर्ड हटाएको छ भने सडक अवरुद्ध गर्ने रुखका हाँगाहरु पनि काटान गरिरहेको छ ।

महानगरपालिकाले सोमवार २ सय ७५ र मंगलवार २ सय ६० थान अवैध होर्डिङ बोर्ड हटाईसकेको छ । पुन : दर्ता गरेर होडिङ बोर्ड राख्न दिनुपर्ने व्यवसायिको मागलाई लक्षित गर्दै निर्वाचनका कारण राजस्वको काम बन्द भएकाले दर्ता गरेर त्यसलाई चलाउन नमिल्ने हुँदा त्यस्ता होडिङबोड हटाईएको महानगरको तर्क छ ।

महानगरले गौशाला, कालिमाटी, महाराजगञ्ज, रामशाह पथ, पुतलीसडक क्षेत्रको अवैध होडिङ बोर्ड हटाईरहेको छ ।