Wed Nov 30 2022
मुख्य खबर

निर्वाचन सुरक्षा मतदान केन्द्रमा तीन घेरा

आउने ४ गतेहुने निर्वाचनका लागि सुरक्षालगायत व्यवस्थापनका प्राय सबै तयारी भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय निर्वाचनका लागि बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको जानकारी दिएको छ ।

निर्वाचन आयोगले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरेको छ । प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको छ । जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने आयोगको भनाइ छ ।

उहाँले मतदान केन्द्रमा असर पु-याउने खालका कुनैपनि प्रकारका गतिविधि भएमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक लगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप गरे पाइएमा कानूनी कारबाही गर्न निर्देशन दिएको बताउनु भयो ।

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता , १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । यस्तै १४१ अस्थायी मतदान केन्द्रमा ४ लाख ५० हजार अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्ने छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना तथा समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार कायम गरिएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्षतर्फ ३ हजार २२४ जना र समानुपातिकतर्पm ३ हजार ७०८ जना उम्मेदवार रहेका छन् ।

प्रत्यक्ष निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार र समानुपातिकका लागि ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएका छन् ।

आयोगले करिव ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराएको छ । करिव २ लाख ४६ हजार ९६० कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थल पुगिसकेका प्रमुख आयुक्त थपलियाले बताउनु भयो ।

मतदान शुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहीता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको उहाँले बताउनु भयो ।