Wed Nov 30 2022
Breaking News

निर्वाचनमा मतदाता विदेशिंदै

मेनुका लम्साल-
संघीय निर्वाचन आउन केहि घण्टा मात्रै बाँकी छ । तर हजारौ मतदाताहरु त्रिभुवन विमानस्थलबाट अध्ययन तथा रोजगारीका लागी विदेश गइरहेका छन् ।

मताधिकारको प्रयोग गर्नु पर्ने समयमा देशमा हुने राजनैतिक अस्थिरता, रोजगारीको अभाव लगायतले हजारौ मतदाता मताधिकारको प्रयोग नगरि विदेशिन बाध्य छन् ।

धरानका धिमेश राई रोजगारीकै लागी उनी जापान जादैछन् । नेपालमा रोजगार पाउन निकै मुस्किल हुने उनको भोगाई छ । सिप र क्षमता भए पनि काम नपाइने तर ठुला र पहुँचवालाले मात्र रोजगारी पाउने उनको गुनासो छ ।

राई जस्तै ६५ वर्षिय हरिशरण भुजेल पनि चुनावको मुखमै विदेशिदैछन् । उनलाई राजनितिक दलले प्रतिवद्धता पुरा गर्लान भन्ने पटक्कै विश्वास छैन् । ४८ सालदेखि मतदान गर्दै आएका उनी नेपालको राजनीतिबाट दिक्क भइसकेका छन् ।

जनताको जनजीविकासँग प्रत्यक्ष जोडिएको रोजगारीको विषयलाई राजनीतिक दलहरुले निर्वाचनमा प्रमुख एजेन्डा बनाउछन् । तर,कुनै पनि दलले गरेको प्रतिवद्धता पुरा गर्लान भन्ने जनमानसमा विश्वास छैन् ।
वैदेशिक रोजगार विभागका अनुसार कार्तिक महिनामा मात्रै ७८ हजार ३ सय ३५ जनाले श्रम स्वीकृती लिएका छन् ।
मताधिकारको प्रयोग प्रति कुनै चासो नराखेर मतदाता हातमा राहदानी लिएर वैदेशिक रोजगार तथा अध्ययनका लागी विभिन्न देश पलायन हुदै छन् । यो अवस्थाले देशमै पर्याप्त रोजगारी श्रृजना गर्न सबै दलका बर्षैदेदखिको प्रतिबद्धतालाइ गिज्याइ रहेको छ ।