Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाले शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने

क्यानबेरा, अष्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गरेका हुन् ।

मन्त्री गिल्सका अनुसार सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अष्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका निम्ति अनुमति दिइनेछ । आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने छ ।

सरकारको चुनावी वाचा पूरा गर्ने प्रतिबद्धताअनुरुप सन् २०१३ भन्दा पहिले अस्थायी सुरक्षा प्रवेशाज्ञा र सुरक्षित उद्यम प्रवेशाज्ञामा देशमा बसोबास गरेका १९ हजारभन्दा बढी शरणार्थीलाई स्थायी सुरक्षा प्रवेशाज्ञामा रूपान्तरण गरिनेछ ।