Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप : १० जनाको मृत्यु

काठमाडौं, इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ ।

कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा विवाद भएपछि यो घटना भएको त्यहाँका अधिकारीहरुले बताएका हुन् ।

इक्वेडरमा कारागारमा रहेका कैदीबन्दीको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत वर्ष पनि विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीको मृत्यु भएको थियो ।